‘मायाको ढोका खोलिदेउ’ सार्वजनिक

104

काठमाडौं ।  गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ सार्वजनिक भएको छ।

एक कार्यक्रमकाबीच वरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीले उक्त गीत सार्वजनिक गरेका हुन्।

गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालालगायतको उपस्थिति थियो।

सार्वजनिक गीतमा गायक बिरही कार्कीको साथमा गायिका अन्जु पन्तको स्वर रहेको छ। गीतको शब्द तथा संगीत गायक कार्कीको नै रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय रहेको छ। करण चैसिरले छायांकन गरेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here