बसन्तपुर दरबार अगाडि यसिं उठाउने तयारी

217

काठमाडौं । भदौ २४ गते इन्द्रजात्रा मनाईँदैछ । त्यसको लागि बसन्तपुर दरबार अगाडि  यसिं उठाउने तयारी भएको छ ।

भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको यसिं भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको छ।

पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर प्रवेश गराउने भन्ने गरिएको छ। यसिं यही बुधबार विहान ७ बजे ठड्याउने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here