राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण

109

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर कार्य समितिले पार्टी केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देन ज्युको प्रमुख आतिथ्यमा भाद्र २४ गते शुक्रबार ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण(एक दिने) संचालन सुसम्पन्न गर्‍यो ।

उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अस्ट बहादुर महर्जनले प्रमुख अतिथि लगायत सम्पूर्ण शिक्षार्थीहरुलाई स्वागत गर्नुभएको थियो।

प्रशिक्षणको बन्दसत्रमा नेपालमा सनातन हिन्दु राष्ट्र, राजसंस्थाको अपरिहार्यता र संघियताको खारेजी र राजसंस्थाको अपरिहार्यता सम्बन्धमा केन्द्रिय सदस्य तथा प्रभाग बिभाग प्रमुख आनन्द अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका सचिब तथा अवकाश प्राप्त महासेनानी रघुबर राज थापाले कार्यक्रमको संचालन तथा समन्वय गर्नुभएको र उहाँले नेपालमा भ्रष्टाचार, रोकथाम र राप्रपाले उठाएको आवाज र नेपाल एकिकरणमा शाहबंशको योगदान सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

हिन्दु राष्ट्रको पुनर्स्थापना तथा धर्म माथिको प्रहार र त्यसको दुष्परिणाम बिषयमा केन्द्रिय सदस्य तथा हिन्दु जागरण अभियन्ता अभिषेक जोशीको दमदार प्रस्तुतीकरणले कार्यक्रम ज्यादै रोचक बनेको थियो भने केन्द्रिय सदस्य निरन्जन थापाले राप्रपाको मूल सिद्धान्त बैचारिक दर्शन, भाबी कार्य योजना र सांगठानिक स्वरुपका बारेमा रोचक प्रस्तुति गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह-महामन्त्री तथा केन्द्रिय सदस्य प्रकाश रिमालले राजसंस्थाको मुद्दा र राप्रपाको धारणा प्रस्तुत गर्नुभयो। कार्यक्रम को अन्तिम प्रस्तुति केन्द्रिय सदस्य तथा केन्द्रिय प्रशिक्षण बिभाग सदस्य श्रीमती खुश्बु ओलीले आगामी निर्बाचनमा पार्टीको सामरिक योजनाबारे अत्यन्त प्रभावकारी प्रस्तुतीकरण प्रस्तुत गर्नुभयो ।

ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षणमा पार्टी केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देनले राप्रपाको आगामी निर्बाचनमा कसरि अघि बढ्ने बारेमा निर्देशन दिनुभयो । कार्यकर्ता प्रशिक्षणको लागि जिल्लाका प्रमुख नेताहरु लगायत २५० जनाको सहभागिता थियो । पार्टीका केन्द्रिय सदस्य तथा भुतपुर्ब मन्त्रि बिक्रम थापा, सनातन धर्म सेवाका अध्यक्ष तथा केन्द्रिय सदस्य  पुष्पराज पुरुष, केन्द्रिय सदस्य तथा संगठन बिभाग सदस्य  बिनोद खड्का तथा ललितपुरका बरिष्ठ राजनीतिज्ञ  रामहरी थापाले बर्तमान सन्दर्भ र राप्रपाको धारणामा आफ्नो स्पष्ट बिचार राख्नु भयो। महालक्ष्मी न पा २ को बगैंचा पार्टी प्यालेसमा संचालित उक्त कार्यक्रममा कार्यकर्ताको स्वत: स्फुर्त सहभागी भएका थिए । कार्यक्रमको अन्त्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रोशना कार्कीले सहभागीहरुलाइ प्रमाण-पत्र प्रदान गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here