हेटौंडा अस्पताललाई किट सहयोग उपलब्ध गरायाे

63

हेटौंडा ।   हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणका लागि हेटौंडा अस्पताललाई किट सहयोग उपलब्ध गराएको छ ।   सोमबार उपमेयर राजेश बानियाँले अस्पतालमा पुगी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटालाई १ हजार थान किट हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार थान किट उपलब्ध गराएको थियो ।   उपमेयर बानियाँले डेंगु रोग न्यूनिकरणका लागि परीक्षणलाई तीव्रता दिइ उपचार सेवा प्रवाह गर्न अस्पतालका मेसु सापकोटालाई आग्रह गरे । उनले परीक्षणका लागि किट उपमहानगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

मेसु सापकोटाले सबै पक्षको सहयोग पाए अस्पतालबाट प्रवाह हुँदै आएको उपचार सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजान सकिने बताए । उनले अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीहरु परीक्षणका लागि आउने गरेको र परीक्षण गराएकामध्ये १५ देखि २० प्रतिशत बिरामीमा संक्रमण पुष्टि हुने गरेको बताए ।  संक्रमित अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here