जनता समाजवादी पार्टी नेपाल काठमाडौं जिल्लामा नयाँ अध्यक्षमा अजित पुतुवार

331

काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल काठमाडौं जिल्ला समिति घोषणा कार्यक्रममा अजित पुतुवार सर्वसम्मत अध्यक्ष चयन आश्विन १ गते शनिबार न्युरोड स्थित सासा ब्यङ्ग्क्वैटको हलमा सम्पन्न भएकाे छ ।

नेवा: राष्ट्रिय समितिका अध्यक्ष तथा निवर्तमान काठमाडौं जिल्ला अध्यक्ष श्याम कृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका राजनीतिक समिति सदस्य तथा बागमती प्रदेश सह ईन्चार्ज लालबहादुर तामाङ्ग हुनुहुन्थ्यो ।

अतिथिमा राजनीतिक सदस्य तथा सह ईन्चार्ज पंचलाल महर्जन , माेहन बराईली नेवा राष्ट्रिय समिति ईन्चार्ज राधाकृष्ण महर्जन , बागमती प्रदेश समिति उपाध्यक्ष प्रतिमा शाही, सचिव अर्जुन जंग कुँवर , लगायत काठमाडौंका सबै नगरपालिका र महानगरपालिका बाट बृहत उपस्थिति थियो ।

काठमाडौं जिल्ला अध्यक्ष अजित पुतुवार, उपाध्यक्ष श्रीजन मान श्रेष्ठ क्रान्ति मालाकार र महेश अधिकारि ,सचिव बिक्रम पौडेल , सह-सचीव रोजि अवाले अनि बिनु श्रेष्ठ सहित ५१ सदस्यीय कार्यसमिति चयन भएको उक्त कार्यक्रमको संचालन रोजि अवालेले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here