छुट्टाछुट्टै स्थानमा शंकास्पद शव फेला

34

कैलाली । जिल्लामा  छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएको हो ।

प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी–१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् ।

घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेका छ । यसैगरी, धनगढी–१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

उनी कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा भएको प्रहरीको भनाइ छ । छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here