नेपथ्यको नयाँ भिडियो ‘सिरानमाफोटो’ सार्वजनिक(भिडियोसहित)

194

काठमाडौं । लोक रक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ म्यूजिक भिडियो रिलिज गर्ने क्रमलाई निरन्तरता दिँदै यसपटकका निम्ति सरलगीत ‘मै मरि जाउँला’चयन गरेको छ । स्थापनाको २५ वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना श्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियोउपहार दिने घोषणा गरेको थियो । सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो ।

‘मै मरि जाउँला’गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाकोऊनजस्तो’खोजी गरिएको थियो । नेपथ्यले आफ्नो आधिकारीक युट्युब च्यानल YouTube.com/nepathyaofficial को घोषणासँगैस्वतन्त्र रुपले म्यूजिक भिडियो राख्दै आएकोमा त्यसै श्रृंखलाको यो आठौं म्यूजिक भिडियो बन्नपुगेको छ । च्यानलमा अहिलेसम्म राखिएकाप्रत्येक गीतलाई श्रोताहरुको ठूलो संख्याले ग्रहण गरेको देखिँदै आएको छ ।

‘संगीतकर्मी र उसका श्रोता बीचको पहुँचलाई पछिल्लो समय युट्युबले अत्यन्त सहज बनाइदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘परम्परागत माध्यमहरुको अन्त्यसँगै त्यसभन्दा बेग्लै किसिमले उदाएको संगीतको यो नयाँ संवाहकले नयाँ र पुराना सबै कलाकारहरुलाईआफ्ना श्रोतासँगको सम्वन्ध नयाँ किसिमले विकास गर्ने अवसर दिएको छ ।’

‘मै मरि जाउँला’तामाङ सेलोमा आधारित गायन हो जसका शब्दहरुले पछिल्लो समय वैदेशिक रोजगारमा विदेश भासिएकाहरुको मनकाबेदनालाइ बोकेको छ । आफन्त छाडेर विरानो देसमा जाने कतिपय युवाहरुले त फेरि फर्केर परिवारको अनुहार पनि देख्न पाउँदैनन् । त्यहीपीडा छातीमा बोकेर गाइएको गीतले भन्छ –

‘मै मरि जाउँला।।। जीवन छोटो छ
लेखेको सम्झना, च्यातेर नफाल
सिरानमा फोटो छ, सिरानमा फोटो छ’

यसको म्यूजिक भिडियोलाई ‘सिम्पल लिरिक भिडियो’का हिसाबले तयार पारिएको छ । अहिलेको अन्तर्राष्ट्रिय म्यूजिक भिडियो तयार पार्नेयो आधुनिक ट्रेण्ड हो । यसमा कमिक्समा चित्रहरुबाट पात्र र घटना वर्णन गरिएजस्तै दृश्यका माध्यमबाट गीतका भावलाई प्रस्तुत गर्नखोजिएको छ ।

‘हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेलमा पर्छन् । त्यस्तै भाग्य बोकेको यो गीतको यतिसमय पछि म्यूजिक भिडियो बनेर युट्युब मार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ ।’

यसलाई नेपथ्यको च्यानल  YouTube.com/nepathyaofficial स्थित यो लिंक https://youtu.be/3ImKq4nGqdMमा हेर्न सकिन्छ ।
नेपथ्यले अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण सकेर आएपछि यो गीतलाई रिलिज गरेको हो ।
‘यो रिलिजसँगै हाम्रो भिजुअल टिम फेरि अर्को गीतको म्यूजिक भिडियो तयार पार्ने काममा लागिसकेको छ,’ नेपालयका किरणकृष्णभन्छन्, ‘अबको म्यूजिक भिडियो भने अहिलेसम्म सार्वजनिक नभएको दसौं अल्बमको ताजा गीतमाथि बन्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here