मुन्धुममा आधारित ‘केसामी नाम्सामी’ मञ्चन सुरु

2

काठमाडौं । मुन्धुम कथाबस्तुमा आधारित नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ ।

याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक थापागाउँस्थित एक थिएटर नेपालमा साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो ।

यासेली योङहाङले नाट्य रूपान्तरण गरेको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनील सुब्बाले गरेका छन् ।

नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको एक थिएटरको प्रेस नोटमा उल्लेख गरिएकाे  छ ।

उनका अनुसार ‘केसामी नाम्सामी’ पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृति हो । यसलाई उनले आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

यस नाटकमा चर्चित कलाकार सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बू, अञ्जना राई, पुष्पाञ्जली लिम्बू, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरु छन् । दर्शककाे मन जित्ने अपेक्षा गरिएकाे याे  नाटक यही भदौ १३ सम्म मञ्चन हुने कार्यक्रम रहेकाे छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here