निर्माणाधिन “आरम्भ” नामक चलचित्रको छायांकन

113

काठमाडाैं । डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन “आरम्भ” नामक चलचित्रको छायांकन अगावै पोस्टर सार्वजनिक भएको छ, चलचित्र बिकास बोर्डमा दर्ता भएसङै बिजया दशमीको सुरुवातको अवसर पारेर पोस्टर सार्बजनिक गर्दै चलचित्र निर्माण गरिने जानकारी निर्दशक रोशन कुमारले दिएका छन् ।

बिगतको केही चलचित्रमा नायकको भुमिका निभाइसकेका एक्सन जनराका फिट नायक दिपेन्द्र कोइराला,बलीउड प्रोजेक्ट लगायत भोजपुरीमा आफ्नो सफल पाइला चालिसकेकी तथा एसै चलचित्र मार्फत कमब्याक गरिरहेकी ग्लामर छबि भएकि प्रतिभाशाली नायिका सुस्मा अधिकारी,अभिनयको प्रशिक्षण लिइसकेका तथा थीयटर लगायतको प्रोजेक्टहरुमा काम गरिसकेका अभिनेता सुमन थापा,बलीउडमा प्रशिक्षण लिइ स्वदेशमा पनि विभिन्न प्रोजेक्टहरु गरिसकेका कलाकार प्रेम बस्यालको पनि प्रमुख भुमिका रहने चलचित्र “आरम्भ”मा बरिस्ठ कलाकार सानू ताम्राकार,प्रकाश श्रेष्ठ ,उमेश मायालु लगायत मोडेल तथा नायक दिनेश शाही,दिप महतो,राज कुमार छेत्री,रमेश लामा त्यसैगरी छत्र लाल श्रेष्ठ, जोन छेत्री,सोनु परियार,सोनी कडेल,सुनिता बस्नेत ,अनिल थापा,लाल बहादुर लामा,छनौट भैसकेका छन भने अन्य भुमिकाको लागि धमाधम खोजी हुँदै गर्दा छिटै अडिसन पश्चात फाइनल हुने जानकारी चलचित्रका लेखक पनि रहेका प्रेम बस्यालले जानकारी गराए।

“आरम्भ”मा बरिस्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर लगायतका गीतकारको शब्दलाई क्रमशः सुर्य राई,ओम प्रकाश राई ,जेबिस शाहिले सङीत भर्ने भएका छन।

चलचित्रको पब्लिसिटी डिजाइन आरभ क्रियसनको रहने छ भने चितवन,बुटवल,सिन्धुपाल्चोक ,दोलखा लगायत काठमाडौको विभिन्न सुन्दर स्थानहरुमा छायांकन हुने चलचित्रको,लोकेसन म्यानेजमेन्ट रोयल सुटिङ स्तुडियोले गर्नेछ ।

मुख्यतय सरल कथालाइ पनि कसरी आकर्षक बनाउन सकिन्छ भन्ने प्रयोग गरिने लव स्टोरी बेसिक रहेको “आरम्भ” को कथा सस्पेन्स ,थ्रील जनरामा बनिने तथा समय सापेक्ष दर्शकको चाहाना अनुरुप कौतुहलपुर्ण प्रस्तुतीकरण रहने चलचित्रमा दि लाइफ एकसप्रेस मुभी मेकर्सको पनि सहभागिता हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here