देशभर डेंगुबाट मृत्यु हुनेकाे संख्या ३८ जना पुग्याे

103

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार एकै दिनमा दुई जना सङ्क्रमितको मृत्यु भएसँगै डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, २८ हजार १०९ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ९७५ जनामा भएको छ । त्यस्तै, लुम्बिनीमा तीन हजार १२५, प्रदेश १ मा ८२९, सुदूरपश्चिममा ८५०, गण्डकीमा ६७ठ, मधेश प्रदेशमा ४१३ र  कर्णाली प्रदेशमा २३८ जनामा डेंगु पुष्टि भएको छ ।

ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्नसक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here