यामाहाले देशकै ठूलो शोरुम खुल्याे

75

काठमाडौं । नेपालमा लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंको नक्सालमा नेपालकै ठूलो तथा अध्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।
असोज १३ गते उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम नेपाली बजारमा उपलब्ध दुई पांग्रे सवारी साधन बजारकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो। यामाहाको ग्लोबल मोटर स्पोर्ट्स लिगेसीलाई आत्मसात गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिइएको छ।

ब्लु स्क्वायर शोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्राण्डको ‘रेसिङ डीएनए’ लाई झल्काउने र स्क्वायरले ‘वान स्टप बाइङ जंक्सन’ झल्काउछ, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र एप्यारेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ।

उक्त शोरुममा बेटर कस्टोमर एक्सपेरियन्स अनुभव गर्नुको साथै छिटो र पर्सनालाइज्ड वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ।

यामाहाका ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजीमार्फत क्युआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here