आज यी स्थानमा भारी वर्षा हुने

39

काठमाडौं । हालः नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here