गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक

82

लुम्बिनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

सत्ता गठबन्धनमा आवद्ध दलको सोमबार भैरहवामा बसेको जिल्ला स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन गठबन्धन आवश्यक परेको बताउनुहँदै मङुसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुुभयो ।

गृहमन्त्री खाणले संविधान र लोकतन्त्रलाई नै खतरामा पारेपछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउनुहुँदै आगामी दिनमा मुलुुकको समृद्धी र विकासका लागि गठबन्धन अपरिहार्य रहेको समेत औंल्याउनुुभयो । उहाँले भन्नुभयो, ”गठबन्धन राष्ट्रिय आवश्यकता हो । त्यसकारण गठबन्धनका उम्मेदवारलाई विजयी बनाउ सबै एक जुट भएर लागौं ।”

गठबन्धनलाई प्रभावकारी ढङ्गले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्र माथि प्रहार हुने खतरा कायमै रहेको भन्नुहुँदै उहाँले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार बिजयी गराउन केन्द्रित हुन आग्रह गर्नुुभयो ।

राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको बिजयी जरुरी रहेको उहाँको भनाइ छ । ”संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुई तिहाई जरुरी छ,’ उहाँले भन्नुुभयो, ‘त्यसका लागि क्रियाशील हुनुहोस् । सानातिना मतमतान्तरमा नअल्झिनुुहोस् ।”

बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेय, (ख)का रामचन्द्र ढकालका साथै गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको थियो । बैठकमा सहभागी नेताहरुले जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन निशर्त रुपमा सबै एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धन अपरिहार्य भएको निष्कर्ष निकाल्दै गठबन्धनको केन्दीय निर्णयलाई आत्मसाथ गर्दै अगाडि बढ्ने सहमति गठबन्धनमा आवद्ध जिल्ला नेताहरुले गरेका हुन् ।

पार्टी भित्र देखिएका असन्तुष्टि र गठबन्धनको निर्णय विपरीत परेका उम्मेदवारी फिर्ता गराउने जिम्मा समेत सम्बन्धित पार्टीले लिएको नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिनुुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here