काठमाडाैं । आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अहिले उनको पार्थिव शरीर अस्पतालमै छ। केहीबेरपछि अस्पतालबाट पार्थिव शरीर महानगर परिसर पुर्याइनेछ।
पाठकका अनुसार महानगरमा दिउँसो ४ बजेसम्म सर्वसाधारणले जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्। प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य सरकारी उच्च पदस्थ व्यक्तिहरू पनि श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसर पुग्ने जनाइएको छ।
औसत उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ? भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेका थिए।


















