सुनको मूल्य सामान्य रूपमा बढ्याे

53

काठमाडौं । याे  महिनाको अन्तिम कारोबार दिन आज सोमबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। सोमबार चाँदीको मूल्यमा भने कुनै फेरबदल नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन (आइतबार) भने छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने सोमबार पनि आइतबारको जस्तै प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार भने चाँदीको मूल्य १५ रुपैयाँ घटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here