दाङ क्षेत्र नं.२ मा गठबंधन नभएको भए संवैधानिक उपलब्धि गुम्थ्यो : शर्मा

57

दाङ ।  प्रतिनिधीसभा सदस्य दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले दलहरु बिच गठबन्धन नभएको भए संविधान र संसद दुबै गुम्ने बताउनु भएको छ । संयुक्त निर्वाचन परिचालन कमिटी घाेराही १३ ले बडहरामा आयोजना गरेकाे चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएको हो।

शर्माले संबिधान र त्यसबाट प्राप्त उपलब्धको रक्षा गर्न गठबन्धनका उम्मेदवार जनताका माझ आएको भन्दै सबै उम्मेदवारलाई मत जाहेर गरि परिवर्तनको पक्षमा उभिन आम मतदातालाई आग्रह गर्नुभयाे । अबकाे आबश्यकता राेजगारी,शिक्षा, स्वास्थ्य भएको भन्दै उमेदवार शर्माले सत्तासाझेदार दलहरु बिच हुने सहकार्यले दाङको समग्रमा बिकासका लागि भुमिका खेल्ने धारणा राख्नुभयाे ।

दाङ क्षेत्र नं. २ (१) का उम्मेदवार राजु खनालले गरिव, महिला ,दलितकाे अधिकार संबिधानबाट हटाउनेका बिरुद्ध गठबन्धन भएको बताउनु भयाे । याे भेगमा खानेपानी, सिचाइ ,सडककाे समस्या संघ र प्रदेश सरकारसंगको सहकार्य हल गर्ने बताउदै उहाँले अघिल्लो कार्यकालमा सेवार खोलामा पुल आफ्नै पहलमा बनेको जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here