सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

58

सिद्धार्थनगर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ। भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको १०-२० वर्ष नै गठबन्धनबाट अघि बढ्ने उहाँको भनाइ छ।

शुक्रबार बुटवलमा सत्ता गठबन्धनद्वारा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। ‘‘पार्टीले यो गठबन्धन बचाउनु अति आवश्यक छ। यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन, अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो।

उहाँले हामी को अराष्ट्रवादी छौं यहाँ ? भन्दै प्रश्नसमेत गर्नुभयो। ‘‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय कसरी हुन सक्छौं ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन्। राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं, अभिवादन पनि हामी हौं।’’

प्रधानमन्त्री देउवाले कांग्रेसले सबैभन्दा बढी उदारता देखाएर गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभयो।  देउवाले संविधानको रक्षा प्रमुख काम भएको धारणा राख्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here