काठमाडौं १० ‘क’ मा कांग्रेसले आधिकारिक उम्मेदवारी दिएपछि सहमतिमै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने

43

कीर्तिपुर, ६ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध सत्तापक्षीय गठबन्धन निर्माण भएको बताएका छन् । शुभ दीपावली, नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आइतबार यहाँस्थित आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले विगतमा दुईतिहाइ बहुमत भएको आफूहरूसहितको तत्कालीन नेकपाको सरकारले संविधान र सङ्घीयता विरोधी काम गरेकाले अहिलेको गठबन्धन निर्माण गरेको बताए ।

गठबन्धनको तर्फबाट उम्मेदवारी बाँडफाँट गरे पनि माओवादी केन्द्रको भागमा परेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ‘क’ मा नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारी दिएपछि सहमतिमै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए । उनले भने , ‘काठमाडौं १० मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ , अब यहाँ गठबन्धन छैन । स्थानीय नेपाली कांग्रेसले १० ‘क’ नछाडेपछि गठबन्धन टुटेको छ ।’

सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ १० को प्रतिनिधिसभामा नेपाली कांग्रेस, प्रदेशसभातर्फ १० ‘क’ मा नेकपा (माओवादी केन्द्र) र १० ‘ख’मा नेकपा (एकीकृत समाजवादी) को भागमा सिट बाँडफाँट भएको थियो । काठमाडौँ १० मा नेपाली कांग्रेसले यसअघिका दुई निर्वाचनमा निर्वाचित पूर्व मन्त्री राजन केसी र नेकपा (माओवादी केन्द्र) ले समानुपातिक कोटाबाट निर्वाचित हुनुभएका अञ्जना विशंखेलाई उम्मेदवार बनाएको छ ।

सो क्षेत्रको १० ‘क’मा कांग्रेसबाट अघिल्लो निर्वाचनमा विजयी हुनुभएका पुकार महर्जन र उहाँसँग कम मतान्तरले पराजित दिलीप महर्जनलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो । सो क्षेत्रको १० ‘ख’मा कांग्रेसले नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार रमा आलेमगरलाई समर्थन गरेको छ भने माओवादी केन्द्रले गणेश कुँवरलाई उम्मेदवार बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here