ललितपुर क्षेत्र नं. ३ मा प्रतिबद्धतापत्र सार्वजनिक

103

ललितपुर । ललितपुर क्षेत्र नं. ३ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ जस्ता अभियानसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ऊर्जामन्त्रीसमेत रहनुभएकी ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले ललितपुरमा पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बुधबार ललितपुरमा आयोजित घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिनेछ।” मन्त्री भुसालले खानेपानी, विद्युत् र ढल व्यवस्थापनलाई प्राथमिकता दिनुभएको छ। साथै गुणस्तरीय सुरक्षित सडक र सुविधासम्पन्न यातायातको व्यवस्था गरिने उहाँको प्रतिबद्धता छ।

स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिने उहाँले बताउनुभयो। साथै विकास निर्माणलाई प्राथमिकता दिइएको घोषणापत्रमा निर्वाचन क्षेत्रभित्रका हरेक घरमा पक्की सडक पु-याउने प्रतिबद्धता गरिएको छ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले ललितपुरको विकासका लागि १४ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ। पत्रकार सम्मेलनमा मन्त्री भुसालसहित ललितपुर क्षेत्र नं. ३ बाट प्रदेस सभा (१) का उम्मेदवार राजकाजी महर्जन र (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलगायत नेपाली कांगे्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका नेताहरूको सहभागिता रहेको थियो।  RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here