इलामको कन्याममा ‘स्काई वाक’ सुरू

68
:sfOa|Lh O6x/L, !* sflQs M Onfdsf] ;"of]{bo gu/kflnsf–& df ^) lkm6 xf/fxf/L prfOsf] :sfOa|Lh . ;L;fsf] k'ndf p¢f6gs} lbg ;of}Fn] ;]jf lnPsf lyP . of] k|b]z ! sf] k|yd :sfOa|Lh xf] . d]rL /fhdfu{d} hf]l8Psf] :sfOa|Lh ;8saf6} b]lvG5 . tl:a/M lj/f6 cg'kd÷/f;;

इलाम  ।  प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ुस्काई वाकु का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ।

डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरे।

१२ जना महिलाले चार करोड रूपैयाँ लगानीमा बनाएको टावर उद्घाटन गर्दै नगरप्रमुख राईले पर्यटन प्रवर्द्धन लागि निजी क्षेत्रसँग नगरपालिकाले सहकार्य गर्दै जाने बताए।

स्काई टावर तीन तहमा बनेको छ। दुइटा तह चढेर माथि पुगेपछि पारदर्शी सिसा जडान गरिएको ठाउँमा पुगिन्छ। सिसामा उभिँदा आकासमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले बताए।

टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिने उनले बताए। टावरसँगै स्काई रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ। दोस्रो चरणमा स्विङ पनि तयार हुने उनले जानकारी दिए।

स्काई वाक गर्न पाँच सय रूपैयाँको टिकट लिनुपर्छ। भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ।

स्काई वाक गर्नेको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको संख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन्। वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काई वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकायाले जानकारी दिए।

विशेषगरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको उनको भनाइ छ। सेफ स्टिल प्रालि, जाल्पादेवी इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काई टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो। स्काई वाक टावरको सञ्चालन महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here