थारु समुदायले मनायाे सामा चखेवा पर्व

112

काठमाडौं। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिको आयोजनामा समाचकेवा पर्व काठमाडौंमा मनाइएको हो।

थारु समुदायका दिदी–बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउन थालिएको थारु महिला समाज, उपत्यका समितिकी अध्यक्ष श्‍यामकुमारी चौधरीले जानकारी दिनुभयो।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्‍म थारु समुदायका दिदीबहिनी प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै होर्षोल्लासका साथ मनाउने गर्दछन्। नेपालको पूर्वी तराईं क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो पर्व विशेष रुपमा मनाउने गरिन्छ।

पहिल्लो समय यो संस्कृति संघीय राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्‍न स्थानमा महोत्सवको रुपमा मनाउन थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here