संसारकै अनाैठाे महिला तौल घटाउन दाँत बाँधिन् !

58
एजेन्सी । आजकाल धेरै मानिसहरुले भन्ने गर्छन् – तौल घटाउन कत्ति गाह्रो । जे गरे पनि घट्दैन । तर एउटी महिलाले तौल घटाउन निकै अचम्मको तरिका अपनाइन् । दक्षिण अफ्रिकाकी महिलाले स्तन घटाउन शल्यक्रिया गर्नका लागि तौल घटाउनुपर्ने भएकोले आफ्नो दाँतलाई तारले बाँधिदिइन् ।
अभिवे माजोसिवेलाई स्तन शल्यक्रियाका लागि योग्य हुन एउटा निश्चित बीएमआईमा पुग्नुपर्ने थियो । तर यसका लागि उनले आफ्नो तौललाई धेरै नै घटाउनुपर्ने थियो । उनले इन्टरमिटेन्ट फास्टिङ गर्दै १२ किलो तौल घटाउनुपर्ने थियो । त्यसैले दक्षिण अफ्रिकाकी ती महिलाले एउटा निकै अचम्मको तरिका अपनाइन् । यस वर्षको जुन महिनामा उनले आफ्नो दाँतमा स्लिमिङ वायर (तार) फिट गरिन् । यो  तार विशेषगरी बंगारामा फिट गरिन्छ जुन एक–अर्कामा जोडिएका हुन्छन् । यसलाई तौल घटाउने एक विवादास्पद उपकरण बताइएको छ जसले अनलाइनमा थुप्रै विरोधसमेत सामना गरिरहेको छ । अभिवेले यो तार प्रयोग गर्नुको अनुभव टिकटकमा सार्वजनिक गरेपछि यो निकै चर्चितसमेत भइरहेको छ ।

‘मैले असाध्यै धेरै नकारात्मक कमेन्टहरु पाएँ तर मलाई ती सबै याद छैन किनभने त्यस्ता कुरामा ध्यान नदिन म निकै प्रयास गरिरहेको छु,’ अभिवेले द सनसँगको कुराकानीमा भनिन् ।

‘मैले आफ्नो अनुभव बाँड्न सुरु गर्दा म टिकटक एपमा नयाँ नै थिएँ, अत्यधिक नकारात्मक कमेन्ट आएपछि मैले एकपटक सबै बन्द गर्ने पनि सोचेको थिएँ,’ अभिवेले थपिन् । ‘तर मैले यसलाई निरन्तरता दिने निर्णय गरेँ । यसबारे सबैलाई भन्छु भन्ने सोच भित्रैबाट आयो । नकारात्मकताका बीच पनि सकारात्मक कमेन्टले ऊर्जा भरिरह्यो ।’

अभिवेले जुन महिनाको अन्त्यमा स्लिमिङ वायर राखेकी थिइन् । उनले त्यसलाई सात हप्तासम्म राखिन् । यतिबेला उनले १४.३ किलोग्राम तौल घटाइन् । बंगारा बाँधिएकोले उनले तरल पदार्थ मात्रै खाइन् जस्तै स्मुदी, सुप, दही इत्यादि ।

स्लिमिङ वायर निकालेपछि उनले सबैभन्दा पहिला जालापेनो बर्गर खाइन् । तर त्यसका लागि पनि उनले एक दिन कुर्नुपरेको थियो । उनको बंगारा सात हप्तासम्म एउटै ठाउँमा अड्किरहेकोले यसलाई पूर्ववत् अवस्थामा पुग्न एक दिनको समय लागेको थियो ।

‘मैले गर्न त अलि बढी नै गरेको हुँ तर यसले मलाई आत्म अनुशासनमा रहन मद्दत गर्यो । यसले मलाई लामो समयसम्म सफा खानेकुरा खान पनि सघाउ पुर्यायो,’ अभिवेले थपिन् । उनका अनुसार स्लिमिङ वायर सबैका लागि होइन ।

‘तपाईं पूर्ण रुपमा तयार भएपछि र मानसिक अवस्था निकै राम्रो ठाउँमा भएका बेला मात्रै यस्तो गर्नुहोस्,’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here