निर्वाचन अपडेट अनुसार काँग्रेस पहिलो

189

काठमाडौं- समानुपातिक मत परिणामको प्रारम्भिक अपडेट आएको छ। निर्वाचन आयोगले राति साढे १० बजेसम्म गरेको अपडेट अनुसार नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ।

कांग्रसको १३ हजार ६७७ मत छ। एमालेको ११ हजार ३९६ मत रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ६२१ मत रहेको छ। Nabail Bank GBLIME माओवादी भने चौथो नम्बरमा धकेलिएको छ। एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडामा स्वतन्त्र पार्टीको झन्डै आधा ४ हजार ५५२ मत रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसकै हाराहारीमा ल्याएकको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ हजार २८५ मत रहेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ११४४, जनता समाजवादी पार्टी, नेपालको ११०७, नेपाल मजदुर किसान पार्टीको १०३६ मत रहेको छ भने जनमत पार्टीको ९५६ मत आएको छ। यसैगरी नागरिक उन्मुक्ति पार्टीले समते ७१९ मत ल्याउँदा एकीकृत समाजवादी पार्टी अन्यमा धकेलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here