प्रतिनिधि सभा सदस्य निर्वाचित कांग्रेसका प्रकाशमान सिंहद्वारा प्रमाणपत्र ग्रहण

84

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाली कांग्रेसका प्रकाशमान सिंह तथा प्रदेश सभातर्फ (क) र (ख)मा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको हो ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार संसद् भवनमा आयोजना गरेको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र दिनुभएको हो। कार्यक्रमा निर्वाचानमा सहयोग पु र्‍याएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here