फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको अध्यक्ष ओलीको आशंका

65

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनु भएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनिकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओली तीनदिनदेखि गृह जिल्ला झापामा विपजय उत्सव तथा ¥यालीमा सहभागी रहँदै आउनुभएको छ । उहाँले लेनदेन तथा सट्टेबाजीमा लागेर सरकार बनाउने खेलमा नलाग्ने बताउनुुभयो ।

कसै न कसैले संयुक्त सरकार बनाउनै पर्ने भए पनि आफूहरु धेरै उत्साहित भएर नलाग्ने ओलीको भनाइ थियो ।  सरकार बनाउनका लागि कसैसँग आफूले छलफल र प्रयास नगरेको जानकारी दिनुभयो ।

देशलाई असफल बनाउने प्रयास र खेलहरु भइरहेको भन्दै उहाँलले त्यसलाई निस्तेज पार्ने विषयमा केन्द्रित हुने पनि जनाउनुभयो ।

राष्ट्रिय राजनीति भाँडिएकोे भन्दै ओलीले मुलकमा अस्थिरता नआओस भनेर आफूहरु सचेत रहेको समेत उहाँले बताउनुभयो ।

तत्काल पुनः निर्वाचन नहोस्, सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको पनि ओलीले आशंका गर्नुभयो । त्यस्तो स्थिति नआओस भनेर एमालेले कोशिस गर्नेछ, ओलीले भन्नुभयो ।

सरकार बन्यो भने पनि अस्थिरता र संकिर्ण स्वार्थका खेलमा देश नरुमलियोस भन्नेमा पनि एमालेको ध्यान छ, ओलीको भनाइ छ ।

जनताको भ्रम र अन्योलका कारण अहिलेको निर्वाचनको परिणाम अनपेक्षित आएको उहाँले बताउनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here