आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

71

रौतहट । गौर नगरपालिका-४ टिकुलीया बस्ने ४५ वर्षीय प्रदिप पसवानको खरले छाएको फुसको गोठ घरमा गएराति आगलागी हुँदा गोठ घर पूर्णरुपमा जलेर ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै आगो निभाउने क्रममा घाइते भएका प्रदिपको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । प्रहरीले शसस्त्र प्रहरी बल, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here