नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदै

107

काठमाडौं  । नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदैछ। मंसिर १६ गते विराटनगरदेखि सुरु हुने उक्त कन्सर्ट देशभरका सातै प्रदेशमा आयोजना हुनेछ।  नेपथ्य टिम एक महिने सांगीतिक यात्राको लागि देशदौडाहमा जान निकै उत्साहित छ।

विराटनगरको हाटखोला मैदानमा आयोजना हुने पहिलो कन्सर्टका लागि आफ्नो टिम तयारी अवस्थामा रहेको नेपथ्यका गायक अमृत गुरुङले फेसबुकमा उल्लेख गरेका छन्।  यसरी पूर्वी नेपालको केन्द्र विराटनगरबाट सुरु हुने यात्रा क्रमशः १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’, २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’, २५ गते नारायणघाटको ‘क्याम्पाचौर’, २९ गते नेपालगन्जको रंगशाला र पुस ३ गते धनगढीको रंगशालामा हुनेछ।  त्यसैगरि, पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको रामनगर खेलमैदान र पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा नेपथ्यले सांगीतिक प्रस्तुति दिनेछन्।

अन्तिममा नेपथ्य ब्याण्ड राजधानी काठमाडौं पुग्नेछ। काठमाडौंको पुस १६ गते भृकुटीमण्डपमा हुने कन्सर्टमा नेपथ्यले आफ्नो अन्तिम प्रस्तुती दिनेछ।  आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग सहकार्य गरेको हो। नेपथ्यको सातै प्रदेशमा आयोजना हुने कन्सर्टलाई ‘नेपालय’ले व्यवस्थापन गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here