रोनाल्डोको रेकर्ड ताेड्न सफल भयाे मेस्सी

60

दोहा । विश्कप फुटबलमा सर्वाधिक गोल गर्नेको सूचीमा क्रिस्टियानो रोनाल्याडोलाई लियोनल मेस्सीले पछि पारेका छन्। अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले शनिबार राति अष्ट्रेलियाविरुद्ध गोल गर्दै रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका हुन्।

यसअघि विश्वकपमा रोनाल्डोको र मेसीको गोल संख्या ८/८ थियो। शनिबार अष्ट्रेलियाविरुद्ध गोल गरेपछि मेसीको नाममा ९ गोल भएको छ।

विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोज छन्। उनले २४ खेल खेल्दै १६ गोल गरेका छन्।  अर्कोतर्फ मेसीले करिअरको १ हजारौं खेल खेले। जसमध्ये मेसी आफैंले कप्तानी गरेको यो १०० औं खेल हो। देशका लागि १६९ खेल खेलेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here