विश्वकप २२ थेमसहित बिजबजारकाे मङ्सिर महिनाको  “२० मा Biz”

184

काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको मङ्सिर महिनाको Campaign FIFA world cup 2022 theme सहित live गरी सकेको  छ भने  Campaign का केही योजनाहरू मङ्सिर २२ गते सम्म live हुने कम्पनीले बताएको छ ।

यही  मङ्सिर २० गतेका दिन बिजबजारले Visionova Recreation Centre बाट आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

कम्पनीले THE BIZ QUIZ 1, Cross Bar Challenge, Dizzy Goal Challenge, SPOT THE BALL , Guess the footballer from their childhood picture जस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक Gift Voucher प्राप्त गर्ने छन्।  सो योजना अन्तर्गत  सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign मा निम्न अनुसार छुट समेत प्राप्त गर्ने छन्।

  • Home Appliances – Winter Ready Home –     50%
  • Mahaboudha – Exclusively Mahaboudha – 75%
  • Gadgets (Mobile, Laptop) – Tech मास्टर – 74%
  • Sports – World Cup ko Craze – 32%
  • Fashion – Keep it Warm – 82%
  • The Wedding Season – The बिहे Season – 72%
  • Miscellaneous – 74%

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ। साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टाेरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here