काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानन्यायधाीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी नभएको भन्दै अब आउने नयाँ सदनमा पनि छलफल हुनुपर्नेमा जोड दिएका छन् ।
जनमोर्चाले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगलाई निष्प्रभावी पार्ने संघीय संसद सचिवालयको कार्यका विरुद्ध सर्वोच्च अदालतको फूल बेञ्च र नेपाल वार एशोसियसनले गरेको निणर्यप्रति ऐक्यवद्धता प्रकट पनि गरेको छ ।


















