हिमपात र वर्षा सुरु

60

काठमाडौं । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पर्दा हिमपात र वर्षा सुरु भएको छ । जलवास्पयुक्त हावाका कारण हिमपात र वर्षा हुन सुरु भएको हो ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागमा हुस्सु तथा कुहिरो रहेको छ । घाम लागेपछि विस्तारै यो हट्दै जने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

केही भू–भागका वर्षा र हिमपातसँगै तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको विभागले जनाएको छ । तापक्रम घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here