कलम बेच्नेले कलमकै उद्योग खोले

30

वीरगन्ज । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा उच्चस्तरीय प्रविधिको नयाँ कलम उत्पादन गर्ने उद्योग स्थापनासँगै उत्पादन सुरु गरेको छ ।

करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ सुखचैनामा स्थापनामा गरिएको वीनाशक्ति पेपर एण्ड स्टेशनर प्रोडक्ट उद्योग स्थापनासँगै उत्पादन पनि सुरु भएको हो ।

१६ वर्षदेखि स्टेशनरीको व्यापार गर्दै आएका व्यवसायी श्रवणकुमार मरोडियाले वीरगन्ज पथलैया करिडोरमा २५ करोड रुपैयाँको लागतमा कलम उद्योग स्थापना गरेका हुन् ।

अढाई कठ्ठा जग्गामा आफ्नो उद्योग सञ्चालनमा आएपछि यसले कलम आयातमा केही मात्रामा प्रतिस्थापना गर्न सक्ने विश्वास लिएको करोडियाले बताए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here