भारतमा एकै परिवारका तीन नेपालीको निसास्सिएर ज्यान गयो

46

धनगढी । भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो। आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए।

बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले बताए। उनका अनुसार भुल दम्पती डेढ वर्षअघि छोरीलाई लिएर घरबाट कामका लागि त्यहाँ गएका थिए।

‘अहिले पोस्टमर्टमको रिपोर्ट आउँदैछ, शवलाई घर ल्याउने प्रक्रिया भइरहेको छ, घरको अवस्थाले कमाउन त्यहाँ गएका थिए’, वडा अध्यक्ष बोहराले भने। मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन्। आमाबुवाको निधनपछि उनीहरू घरमा टुहुरा बनेको वडा अध्यक्ष बोहराले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here