राप्रपाले ३ सय १ औँ पृथ्वी जयन्ती मनाउने

156

काठमाडौं । राष्ट्रियप प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पृथ्वी जयन्ती तयारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आज बैठकले देशभर विविध कार्यक्रम गरी राष्ट्रनिर्माता पृश्वी नारायण शाहको जयन्ती मनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा जम्मा भई सिंहदरबार अगाडि रहो पृश्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताए । माल्यार्पण पश्चात भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना पनि राप्रपाले गरेको छ ।

राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पनि माग गरेको छ ।

नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने पनि राप्रपाले जनाएको छ।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here