प्रधानमन्त्री र नेपालका लागि यूरोपेली संघका राजदूत टोलीबीच भेटवार्ता

65

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ ।

राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।

राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here