दाहासंस्कार गर्न लाग्दा शिशुले श्वास फेरेपछि…

326

चितवन- दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा नवजात शिशुले श्वास फेरेको देखेर पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले अन्त्येष्टिका लागि देवघाट लगिएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् ।

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा सास फेरेपछि शिशुलाई पुन: अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै अनुसन्धानका लागी शिशुकी हजुरआमालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here