देशमा मल अभाव हुन नदिने दाबी गर्दै छिट्टै मल कारखाना खोल्ने

38

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा मल अभाव हुन नदिने दाबी गर्दै छिट्टै मल कारखाना खोल्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले मल अभाव हुन नदिनेगरि आपूर्तिको चक्र मिलाउने समेत बताए।

यस्तै, विश्वविद्यालय अब तालिका अनुसार सञ्चालन हुने भन्दै भद्रगोल हुन नदिने प्रतिवद्धता व्यक्त गरे।

विद्युत प्राधिकरणजस्तै २४सै घण्टा विकासमा काम गर्ने आफ्नो योजना रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। विगतमा लामो लोडसेडिङ जसरी अन्त्य गर्न सकियो अब विकासमा पनि यस्तैगरि काम गरिने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले विकासमा हुने ढिलाई समाधानका लागि आवश्यक कानुन नै संशोधन गर्ने पनि बताए। उनले अब आयोजनाहरु २४सै घण्टा सञ्चालन हुने भन्दै राजश्व चुहावट नियन्त्रणमा प्राथमिकता दिने बताए। उनले निजी क्षेत्र र सहकारी लगायतसँग मिलेर विकास निर्माणमा काम गर्ने दावी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here