चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइनेछ । शव ल्याउन सेनाको हेलिकप्टर सोमबारदेखि पोखरामै छ ।
पहिचान भएका २०–२२ जनाको शव पोखरामा नै आफन्तलाई बुझाइने छ । अहिले बिहान १०–११ बजेतिर शव काठमाडौ ल्याउन लागिएको हो ।

















