माकेबाट मन्त्रीमा नियुक्त हुनेको नाम र मन्त्रालय टुङ्ग्याइयाे

49

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा नियुक्त हुनेको नाम र मन्त्रालय टुङ्ग्याइएको छ ।

सो पार्टीले पाएको चार मन्त्री र एक राज्यमन्त्री लिने सहमति सत्तापक्षीय दलहरूको बैठकमा निर्णय भएको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाउने हुनुभएको छ ।

यस्तै, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बन्नुहुनेछ ।

यसअघि नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here