ठगी गर्ने एक महिला पक्राउ

31

काठमाडाैं । कारागारमा रहेको थुनुवा छुटाई दिने भनी अपराधिक लाभ लिएर ठगी गर्ने धरानको एक महिलालाई प्रहरीले पक्राउ गरेको छ

। जबरजस्ती करणीसम्बन्धी कसूरमा सम्मानित सुनसरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गई हाल झुम्का कारागारमा रहेका अनिश चौधरीलाई मुद्दा फैसला हुँदा छुटाई दिन्छु भनी अनिश चौधरीको श्रीमती रविना चौधरीलाई दश लाख माग गरी तीन लाख पचास हजार लिई ठगी गर्ने महिलालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले बताउनुभयो । पक्राउ पर्नेमा धरान १४ का ४७ वर्षीय शान्ता खड्काको नामले चिनिने पुण्यकुमारी खड्का रहेको प्रहरीले जनाएको छ । आरोपित खड्कालाई सुनसरी जिल्ला अदालतले गत पुस ८ गते पक्राउ अनुमती दिएको थियो । पुस ३० गते पक्राउ गरी अदालतबाट ७ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here