नेपथ्यले अस्ट्रेलियामा सांगीतिक यात्रा गरिने

105

लोकरक ब्यान्ड नेपथ्य तीन वर्षपछि अस्ट्रेलियाको सांगीतिक यात्रा गर्न लागेको छ।

यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले अस्ट्रेलियाका ६ वटा शहरको सांगीतिक यात्रा गरेको थियो। यसपटक आठ शहरमा सांगीतक प्रस्तुति गर्न लागेको हो।

‘मानवताका लागि संगीत’ नाम दिएर सांगीतिक अभियान यात्रामा नेपथ्यले एक महीना लामो देशब्यापी यात्रा गरेको थियो।

सडक आश्रितको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्य सातै प्रदेशका १० शहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।

देशव्यापी यात्राबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर सन २०२३ भरि मानवताका लागि सांगीतिक कार्यक्रम गर्ने नेपथ्यका अगुवा अमृत गुरुङले बताए। “हाम्रा सबै प्रस्तुतीलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौं,” गुरुङले भने।

नेपथ्यले ‘म्युजिक फर ह्युम्यानिटी’ नाम दिएर अस्ट्रेलिया यात्रा गर्न लागेको जनाएको छ। २५ जनवरीमा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट शुरू हुने यात्रा एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी, मेलबर्न र होबार्ट पुगेर सम्पन्न हुनेछ।

यसका लागि नेपथ्यको १३ सदस्यीय टोली शुक्रबार अस्ट्रेलिया प्रस्थान गर्न लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here