न्यूजील्यान्डका प्रधानमन्त्रीले राजिनामा दिने

76

काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् । उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ ।

उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । लेबर दलको उपनेताले समेत पार्टी नेतृत्वमा रुची नभएको बताएका छन् । न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।

दैन ।

 

आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् ।
सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् ।

आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती व्यहोरिन‍् ।

राजीनामा पछि उनले परिवारलाई समय दिने बताएकी छिन् ।  ‘म छोड्दै छु, किनकि यस्तो विशेषाधिकार प्राप्त भूमिकाको साथ जिम्मेवारी आउँछ। त्यस्तो जिम्मेवारी जसले कहिले तपाईं नेतृत्वको लागि सही व्यक्ति हुनुहुन्छ र कहिले हुनुहुन्न भन्ने कुरा तपाईँलाई थाहा दिन्छ,’ उनले भनेकी छन्।

उनले अगाडि थपिन्, ‘मलाई थाहा छ यो जिम्मेवारी पूरा गर्न के चाहिन्छ र मलाई थाहा छ कि मसँग अब यस जिम्मेवारीमा बसेर न्याय गर्न पर्याप्त [क्षमता] छैन। यो एकदम सरल कुरा हो।’

उनले चुनाव सहजरूपमा जितिने भए पनि नयाँ चुनौतीका लागि नयाँ पाखुराहरू चाहिने हुनाले आफूले छाड्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here