पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गरिने

97

पोखरा । कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ ।

गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए ।

गाउँपालिकाकै पहिलो पाइलट भएको भन्दै उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरिएको थियो । पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको ओझाले बताए ।

२०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेशाको सुरुआत गरेका केसी पछिल्लो समय यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here