अल नासर शीर्ष स्थानमा उक्लियो

45

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरबाट डेब्यु गरेका छन्। आइतबार राति एतिफाकविरूद्धको खेलबाट रोनाल्डोले डेब्यु गरेका हुन्।

रोनाल्डोको कप्तानीमा घरेलु मैदान एमरसुल पार्कमा भएको खेलमा अल नासरले एतिफाकमाथि १-० को कठिन जित निकाल्यो। अलनासरका लागि ब्राजिलियन खेलाडी टालिस्काले निर्णायक गोल गरे। उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै अल नसरको १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पराजित इतिफाग १६ अंक जोडेर दशौं स्थानमा छ। यस्तै दोस्रो स्थानमा रहेको अल इतिहादको १४ खेलमा ३१ अंक छ।

रोनाल्डो क्लमा भित्रिएको लामो प्रतिक्षापश्चात डेब्यु गरेका हुन्। म्यानचेस्टर युनाइटेडमा रहँदा लागेको दुई खेलको प्रतिबन्धका कारण उनले पछिल्ला खेल गुमाएका थिए। जनवरी पहिलो सातामा क्लबमा अनुबन्धित भए पनि उनले नयाँ क्लबबाट खेलेका थिएनन्।

यसै साता रोनाल्डोले मैत्रीपूर्ण खेलमार्फत साउदी अरबमा आफ्नो आगमन भने सानदार ढंगले देखाएका थिए। फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध रियाद सिजन टोलीको कप्तानी गर्दै रोनाल्डोले म्यान अफ द म्याच प्रदर्शन गरे। पिएसजीले खेलमा ५-४ को जित दर्ता गरे पनि रोनाल्डोले पहिलो हाफमै दुई गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here