चरेस लुकाइराखेको अवस्थामा फरार अभियुक्त पक्राउ

68

काठमाडाैं ।  नेपाल प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी-८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here