बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिए

87

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। उनीहरुले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन्।

बुधबार माओवादी केन्द्रबाट निर्वाचित गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिएका हुन्। त्यस्तै, एमालेबाट निर्वाचित केशव प्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ लिएका हुन्। त्यस्तै, राप्रपाबाट निर्वाचित डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्टले वन तथा वातावरण मन्त्रीको रुपमा शपथ लिएका हुन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएकै दिन गत पुस २६ मा एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। बुधबारको मन्त्रिपरिषद् विस्तारमा थापाले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।

अघिल्लो मन्त्रिपरिषद्‌मा बागमती प्रदेशमा १४ मन्त्रालय र १८ मन्त्रिपरिषद् सदस्य थिए। जम्कट्टेलले कार्यभार सम्हालेलगत्तै उनले मन्त्रालय घटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका थिए। कार्यदलले ९ देखि ११ मन्त्रालय कायम गर्न दिएको सुझाव अनुसार ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here