नेविसंघ स्ववियु निर्वाचनमा जुट्याे

32

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।

नेविसंघको केन्द्रीय कार्यसमितिले पूर्णता नपाए पनि स्ववियुलक्षित घोषणापत्र समितिले भने पूर्णता पाएको छ।

नेविका पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्भको संयोजकत्वमा रहेको त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन घोषणापत्र तयारी समितीले पूर्णता पाएको हो।

समितिमा ३३ जना मनोनित भएका छन। साथै, घोषणापत्र समितिको सचिवमा विकल राईलाई मनोनित गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

NSU-Ghoshanapatra1674801496.png

NSU-Ghoshanapatra-samiti1674801496.png

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here