पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी जारी

70

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ।

माओवादीले आज स्थायी कमिटी बैठक बोलाएको थियो। तर आइतबार उत्पन्न घटनाक्रमका कारण आज स्थायी कमिटी बैठक स्थगित गरेर आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको हो।

नागरिकता प्राप्तिको प्रक्रियामा दोषी ठहर भएर उपप्रधानसहित गृह मन्त्रालय र सांसद पद गुमाएका रवि लामिछानेले नागरिकता कायम गराएसँगै पुन गृहमा दाबी गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो।

माओवादीले गृह मन्त्रालय आफैंसँग राख्न चाहेको छ। तर प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतले गृहमा रविलाई नै फर्काउन दबाब दिएपछि माओवादीले आगामी रणनीति बनाउन बैठक बोलाएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here