सामुहिक बलात्काका एक पक्राउ, अन्यको खाजी जारी

82
जनकपुरधाम – धनुषामा एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनुषाको सबैलाकी एक युवतीलाई सामुहिक बलात्कार गर्नेमध्ये एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।
भदौ १ गते ४ जना मिलेर युवतीलाई कुटपीट गरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको र अन्य ३ जना फरार रहेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जनाए । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धरमपुर स्थित १९ वर्षीय विजय कुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

भदौ १ गते पिडित युवती आफ्नो गाउँका दाजुहरुसँग दिदी घर नौसयविघा गाउँबाट घर फर्किने क्रममा धरमपुर सडक स्थित २ वटा मोटरसाइकलमा सवार रहेका ४ जनाले उनीहरुलाई जबरजस्ती रोकी अन्य गाउँका साथीहरुलाई समेत बोलाई हातपात गरेको र पीडितका दुवै जना दाजुहरुलाई सो ठाउँबाट आफ्नो गाउँतर्फ पठाएको तथा बोलाएका साथीहरुलाई समेत आ–आफ्नो घर पठाएर पालै पालो चारैजनाले सामुहिक बलात्कार गरेको प्रवक्ता मिश्रले जनाए ।

अनुसन्धानको क्रममा पीडितले टिपाएको हुलियाको आधारमा एक जनाको सनाखत भएकोले भदौ ७ गते जिल्ला अदालत धनुषाबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता मिश्रले जानकारी   दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here