काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि बेलायतकी राजदूत निकोला काथ्रिन पोलिटबीच भेटवार्ता भएको छ।
ओलीलाई भेट्न राजदूत निकोला बुधबार दिउँसो एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेकी थिइन्।
अध्यक्ष ओली सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक हुन्। उक्त भेटमा संक्रमणकालीन न्यायको विषय लागयात द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

















